संक्रमण दर बढेपछि प्रदेश-१ का कोरोना अस्पतालहरूमा बेड थप्ने तयारी पनि गरिएको छ। झापामा दुई सय, कोशी कोभिड अस्पतालमा एक सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा दुई सय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन सय, सैनिक अस्पताल इटहरीमा ५० र कृष्णदास आश्रम बराह क्षेत्रमा दुई सय गरी आठ सय ५० बेड थप्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ।
भारत सरकारले क्वारेन्टाइनमा नराखी पठाइरहेकाले समस्या बढिरहेको नेपाली अधिकारीहरूको गुनासो छ।
झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले देखापढीसँग भने, “भारतको विहार सरकारले क्वारेन्टाइनमा पनि राखेको छैन, यतिकै आउन दिइरहेको छ, यसले अलि बढी समस्या निम्तिने देखिन्छ।”
मुख्य नाका माानिने झापाको काँकडभिट्टा बन्द भए पनि स-साना नाकाबाट आउने क्रम नरोकिएको उनको भनाइ छ।
“भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा राखेका छौं, कतिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ, कतिको आरडीटी विधिबाट परीक्षण गरिएको छ,” उनले भने, “भारतको सिलिगुडीमा धेरै नेपाली क्वारेन्टाइनमा बसेका छन्, भारतबाट फर्किने संख्या अब धेरै बढ्ने देखिएको छ।”
प्रदेश-१ मा ६० जनामा संक्रमण देखिएको छ। क्वारेन्टाइनमा बस्नेको संख्या एक हजार ६ सय ७७ छ।
प्रदेश-२ : साढे १० हजार भित्रिइसके
कोभिड-१९ का संक्रमितहरूको संख्या प्रदेश-२ मा पनि बढ्दो क्रममा छ। प्रदेशका आठवटै जिल्लामा संक्रमण देखिइसकेको छ। पर्सा र रौतहटमा सबैभन्दा बढी संक्रमित छन्।
संक्रमित व्यक्तिहरूको कन्ट्याक्ट टे«सिङ हेर्ने हो भने अधिकांश भारतबाट नेपाल फर्केकाहरूमा संक्रमण देखिएको छ। विभिन्न नाकाबाट १ जेठदेखि १२ जेठसम्म १० हजार चार सय दुई जना नेपाली भित्रिएको प्रदेश-२ को प्रहरी कार्यालयले जनाएको छ।
नाकाहरूबाट प्रदेश-२ भित्रिएकाहरू कतिपय बाहिरका जिल्लाका भएको र समन्वय गरेर जिल्ला पठाउने गरिएको प्रदेश-२ को प्रहरी कार्यालयका प्रवक्ता जय सापकोटाले देखापढीलाई बताए।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसी भन्छन्, “भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ, अहिलेसम्म करिब पाँच सयको संख्यामा परीक्षण भएको छ, एक हजार पाँच सयजति क्वारेन्टाइनमा छन्।”
१२ जेठसम्मको तथ्यांकअनुसार प्रदेश-२ मा दुई सय एकजना संक्रमित व्यक्ति छन्। प्रदेश-२ मा सबैभन्दा बढी पर्सा जिल्लामा ९५ जनामा संक्रमण देखिएको छ भने रौतहटमा ४७, बारामा ३६, सर्लाहीमा ३५ र धनुषामा १४ जनामा संक्रमण देखिएको छ।
प्रदेश-५ : ८० हजार आइसके
कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बनेको प्रदेश-५ मा पनि भारतबाट नेपाल भित्रिनेको संख्या उच्च छ। सीमानाकामा क्वारेन्टाइनको व्यवस्था नगरिएकाले झनै जोखिम बढ्ने देखिन्छ।
प्रदेश-५ को जमुनाहा (नेपालगञ्ज) नाकाबाट मात्र दैनिक करिब चार हजारको संख्यामा भारतबाट नेपाल भित्रिइरहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी शिवबहादुर सिंहका अनुसार लकडाउन शुरु भएदेखि प्रदेश भित्रिनेको संख्या झन्डै ८० हजार छ। प्रदेश-५ को मुख्य नाका मानिएको जमुनाहाबाट भित्रिनेहरूलाई परीक्षण नै नगरी पठाउने गरिएको छ।
शुरुमा आरडीटी विधिबाट परीक्षण गर्ने गरे पनि चाप धान्न नसक्ने भएपछि परीक्षण नगरी पठाउन थालिएको हो। सीमामा क्वारेन्टाइनको व्यवस्था पनि छैन। डीएसपी सिंहले देखापढीसँग भने, “प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूको समन्वयमा भारतबाट फर्केका नेपालीहरूलाई आफ्नो जिल्ला पठाउने गरिएको छ।”
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले नेपाल र भारतबीच भएको समझदारी भंग भएको देखिएको देखापढीलाई बताए। नेपालमा बस्ने भारतीयमाथि नेपाल सरकारको निगरानी हुने र भारतमा बस्ने नेपाली भारतको निगरानीमा रहने समझदारी थियो। तर, २१ वैशाखयता भने भारतले त्यो समझदारी भंग गरेको प्रजिअ पौडेल बताउँछन्। अहिले कृष्णनगर नाकाबाट दैनिक रूपमा करिब एक हजार दुई सय नेपाली भित्रिइरहेका छन्। उनीहरूलाई भारतले रोक्नै छोडिदिएको छ।
कपिलवस्तुको कृष्णनगर नाकाबाट नेपाल भित्रिएका नेपालीलाई २२ वैशाखतिर सीमामै एक सातासम्म रोकेर राखिएको थियो। त्यसरी नाकामा रोकेपछि लुकिछिपी आउने क्रम बढ्न थालेपछि समन्वय गरेर जिल्ला पठाउन थालिएको उनले बताए। प्रजिअ पौडेलले भने, “उनीहरूलाई स्क्रिनिङ गरेर क्वारेन्टाइनमा राख्ने गरेका छौं, परीक्षणमा पोजिटिभ देखिएकालाई आइसोलेसनमा राख्छौं, नेगेटिभलाई घर पठाउने गरेका छौं।”
कपिलवस्तुमा करिब दुई हजार पाँच सयको परीक्षण गरिएको छ भने ६ हजार चार सय जनालाई क्वारेन्टाइनमा राखिएको छ।
प्रदेश-५ को बाँकेमा सबैभन्दा बढी एक सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुमा ८३ र रूपन्देहीमा ४३ जना कोरोना संक्रमित छन्। अहिलेसम्म प्रदेश-५ मा दुई सय ५५ वटा केस देखिएका छन्।
सुदुरपश्चिम प्रदेश : एउटै नाकाबाट १५ हजार भित्रिए
कैलालीको गौरीफन्टा नाकाबाट आजसम्म १५ हजार जनाभन्दा बढी भित्रिएका छन्। नाकामा भने न त क्वारेन्टाइनको व्यवस्था छ, न जाँचको। उनीहरू आफैंले गाडी भाडा तिरेर आफ्नो गन्तव्यतिर लागिरहेका छन्। उनीहरू आफ्नो नगरपालिका वा गाउँपालिकामा क्वारेन्टाइनमा बस्ने नबस्ने निश्चित छैन।
भारतबाट फर्केका नेपालीलाई क्वारेन्टाइनमा बस्नुपर्ने चेतनासमेत दिइएको छैन। नाकामा यस्तो अस्तव्यस्त किन छ त ? जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, “प्रदेश र स्थानीय तहले कुनै समन्वय गरेका छैनन्।”
कञ्चनपुरको गड्डाचौकी नाका आजदेखि मात्र वैधानिक रूपमा खोलिएकाले संख्या यकिन हुन सकेको छैन। तर, पछिल्लो पटक तीन हजार पाँच सयभन्दा बढी मानिस आएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले देखापढीलाई बताए। उनले भने, “कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउने मानिसलाई जाँच गरेर मात्र पठाइनेछ र यसको व्यवस्थापनको काम हुँदैछ।”
स्वास्थ्य मन्त्रालय भन्छ, ‘क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने’
भारतबाट नेपाल भित्रिनेलाई रोक्न नसकिने र स्थानीय तहमा लगेर अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट आउने चापलाई सीमा नाकामै व्यवस्थापन गर्नुभन्दा पनि गाउँपालिका वा नगरपालिकाको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देखापढीलाई बताए।
“क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्नुपर्छ, सकेसम्म क्वारेन्टाइनको संख्या बढाउनुपर्नेछ,” उनले भने, “स्वास्थ्य निकाय, सुरक्षा निकाय र स्थानीय तह मिलेर स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनलाई व्यवस्थित गर्ने, क्वारेन्टाइन बढाउन स्थानीय र प्रदेशबाट समन्वय गरेर विद्यालय, संस्था वा कुन ठाउँ उपयुक्त हुन्छ, त्यसैअनुसारले क्वारेन्टाइन निर्माण गरिनेछ।”
क्वारेन्टाइन निर्माणका लागि चाहिने जनशक्तिका लागि भने निर्देशिकाअनुसार व्यवस्था गर्नुपर्ने उनले बताए। भारतबाट फर्केका मानिसमा लक्षण देखिएपछि तुरुन्तै परीक्षण गर्ने र लक्षण नभएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने मन्त्रालयको तयारी छ। क्वारेन्टाइनमा आरडीटीमा पोजिटिभ देखिएकालाई पीसीआर परीक्षण पनि गरिनेछ।
सीमामा सामान्य जाँच पनि गरिँदैन किन त ? डा. देवकोटाले भने, “नाकाहरूमा स्क्रिनिङ गर्नुपर्ने हो र गर्नुपर्छ, लक्षण देखिएकालाई नाकाबाटै आइसोलेसनमा लाने र पीसीआर परीक्षण गर्दा जोखिम कम हुन्थ्यो, अरूमा सर्ने सम्भावना हुँदैनथ्यो।”
सीमाबाट भित्रिने नेपालीहरू पनि जिम्मेवार हुनुपर्ने र यसमा स्थानीय तह बढी चनाखो हुनुपर्ने उनले बताए।
" />

">