दुईजना कोरोना संक्रमित भेटिएपछि काठमाडौंको टोखा क्षेत्र 'सिल'

काठमाडौं। दुईजनामा कोरोना भाइरस संक्रमण पाइएपछि काठमाडौंको टोखा क्षेत्र 'सिल' गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको विवरण अनुसार टोखा नगरपालिकामा दुईजनामा कोभिड-१९ पुष्‍टि भएको थियो।

टोखा नगरपालिका-३ टोखा बजार जाने उकालो नजिक र वडा नम्बर ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने गरी दुई पुरुषमा सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उनीहरूमा सङ्क्रमित देखिएसँगै त्यस क्षेत्रलाई 'सिल' गरिएको बताए।

काठमाडौंमा संक्रमित भेटिन थालेपछि टोखा नगरपालिकाले आरडिटी र पिसीआर परीक्षण शुरू गरेको थियो।

८०० जनाभन्दा बढीको आरडिटी गर्दा १३ जनाको रिपोर्ट पोजीटिभ देखिएपछि उनीहरूलाई पिसीआर परीक्षणका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा पठाइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्