सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण, कर्णाली प्रदेशमा कूल संक्रमित २३ पुगे

काठमाडौं। सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा थप १२ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बरबहादुर खड्काले देखापढीलाई बताए।

"आज संक्रमित फेला परेका १२ जनासँगै कर्णाली प्रदेशमा जम्मा २३ जना संक्रमित भएका छन्", उनले भने।

खड्काका अनुसार १२ संक्रमितहरूमा वीरेन्द्रनगर नगरपालिकाका १० जना र सिम्ता गाउँपालिकाका २ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो विवरण अद्यावधिक भने गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्