बलिउड निर्माता-निर्देशक करण जोहर आइसोलेसनमा
<p>मुम्बई। बलिउडका चिरपरिचित निर्माता-निर्देशक करण जोहर १४ दिनको आइसोलेसनमा बसेका छन्।</p>
<p>घरका दुई कामदारलाई कोभिड-१९ पोजिटिभ देखिएपछि जोहर आइसोलेसनमा बसेका हुन्।</p>
<p>जोहरले ट्विटरमार्फत दुवै कामदारलाई घरकै एक हिस्सामा क्‍वारेन्टाइनमा राखिएको जानकारी दिएका छन्। बृहत्तर मुम्बई म्युनिसिपल कर्पोरेसनले उनको घरलाई स्यानिटाइज गरेको छ।</p>
<p>“परिवारका सबै सदस्य र अन्य सहयोगीहरूको कोरोना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ,” उनले ट्विटरमा लेखेका छन्, “तर, हाम्रा आसपासका सबै मानिसको सुरक्षाका लागि १४ दिनसम्म हामी सबैजना आइसोलेसनमा बस्दैछौं।”</p>
प्रतिक्रिया दिनुहोस्
