जिप्रकाको हिरासतमा रहेका युवाको सम्पर्कका प्रहरीसहित ४६ जनाको कोभिड-१९ रिपोर्ट नेगेटिभ
<p>कैलाली। जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको पीसीआर नतिजा नेगेटिभ आएको छ।</p>
<p>तीन दिनअघि नमूना संकलन गरी धनगढी प्रयोगशाला पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना रिपोर्टमा कोभिड-१९ नेगेटिभ देखिएको प्रयोगशाला इन्चार्ज रमेश शाहीले देखापढीलाई बताए।</p>
<p>कर्तव्य ज्यान मुद्दाको आरोपमा जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका शिवनाथ गाउँपालिका-२ का २२ वर्षीय युवकमा ९ जेठमा कोरोना संक्रमण पुष्‍टि भएको थियो।</p>
<p>प्रहरी हिरासतमै रहेका युवकमा कोरोना संक्रमण पुष्टी भएपछि उनीसाग प्रत्यक्ष सम्पर्कमा रहेका प्रहरी अदालत र सरकारी वकीलका मुद्दा हेर्ने कर्मचारीहरूको कोभिड-१९ परीक्षण गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
