सुर्खेत। कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेश सभामा प्रस्तुत गरिएको छ। आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गरेका हुन्।
आर्थिक मामिलामन्त्री ज्वालाले आगामी आर्थिक वर्ष २०७७/७८ को मूलभूत सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको विनियोजन विधेयक २०७७, छलफलका लागि सभामा प्रस्तुत गरे।
बैठकमा उनले कर्णाली प्रदेशमा समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रूपान्तरण र सामाजिक न्याय कायम गर्न ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारः जीवनस्तरमा रूपान्तरण र दिगो पूर्वाधार’ भन्ने मूल ध्येयका साथ आगामी आवको बजेट तर्जुमा गरिने बताए।
यो छलफलले आगामी आवको बजेट तथा कार्यक्रमलाई थप नतिजामुखी र कर्णालीमैत्री बनाउन सघाउ पुर्याउने बताउँदै पूर्वबजेट छलफलका प्रयोजनका लागि प्रस्तुत गरिएको विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरूमा रचनात्मक छलफल र महत्त्वपूर्ण सुझावसहित आवश्यक मार्गदर्शनको लागि सदस्यहरूलाई अनुरोध गरेका थिए। रासस
" /> सुर्खेत। कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेश सभामा प्रस्तुत गरिएको छ। आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गरेका हुन्।आर्थिक मामिलामन्त्री ज्वालाले आगामी आर्थिक वर्ष २०७७/७८ को मूलभूत सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको विनियोजन विधेयक २०७७, छलफलका लागि सभामा प्रस्तुत गरे।

">