काठमाडाैं। १० जेठमा काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो। काठमाडौंको सुविधा सम्पन्नमध्येको एक उक्त अस्पतालका कर्मचारीलाई कोभिड–१९ को उपचारका लागि भने पाटन अस्पताल लगियो।

त्यसपछि ग्राण्डी अस्पतालले कोरोना संक्रमित आफ्नै कर्मचारीको उपचार नगरेर पाटन अस्पताल पठाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो। उक्त अस्पतालले बिरामीबाट फाइदा मात्रै लिने तर उपचार नगर्ने गरेको भन्ने आरोप पनि कतिपयले लगाए।

सामान्य रूघाखोकी तथा ज्वरो आएका बिरामीलाई पनि निजी अस्पतालहरूले गेटबाटै प्रवेश नदिएको भन्दै सर्वत्र आलोचना भइरहेको बेलामा ग्राण्डी पनि त्यही घानमा पर्‍यो। तर, कोरोना संक्रमित व्यक्तिको उपचार पद्धतिबारे सरकारले बनाएको कार्यविधिबारे भने धेरैले ध्यान दिएनन्।

कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ३० वटा निर्देशिका कार्यान्वयनमा ल्याएको छ। ती सबै निर्देशिका स्वास्थ्य अपतकालीन व्यवस्थापन इकाईको वेबसाइटमा प्रकाशन गरिएको छ।

ती निर्देशिकाअनुसार अहिले निजी अस्पतालहरूले चाहेर पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न पाउँदैनन्। उनीहरूले फिभर क्लिनिक सञ्चालन गर्ने, कोरोना संक्रमणको शंका लागे नमूना लिएर परीक्षणका लागि पठाउने, शंकास्पद व्यक्तिलाई आइसोलसनमा राख्ने र संक्रमण पुष्टि भए समन्वय गरेर तोकिएका अस्पतालमा लैजाने जिम्मेवारी ती अस्पतालहरूको हो। त्यसबाहेक, उक्त अस्पतालले दिँदै आएको स्वास्थ्य सेवा नियमित राख्नुपर्छ।

ती निर्देशिकामा कोभिड–१९ संक्रमितको प्रयोगशाला परीक्षणका लागि नमूना संकलनदेखि उपचार विधि र मृत्यु भएमा अत्येष्टिसम्मको प्रक्रिया उल्लेख छन्।

स्वास्थ्य संस्थालाई पाँच तहमा विभाजन

मन्त्रालयले तयार गरेको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहको लागि अन्तरिम निर्देशिका– २०७६’ मा कोभिड–१९ को पहिचान तथा उपचार व्यवस्थापनको पाँच तह उल्लेख गरिएको छ।

जसअन्तर्गत, तह–१ मा सबै स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक अस्पतालले आधारभूत परामर्श तथा प्रेषण सेवा दिनुपर्ने उल्लेख छ। यी स्वास्थ्य संस्थामा कोभिड–१९ को शंकास्पद बिरामी भएमा नजिकको कोभिड क्लिनिक वा तोकिएको कोभिड अस्पतालमा पठाउनुपर्छ।

तह–२ अन्तर्गत जिल्लास्थित प्रादेशिक अस्पताल वा कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल तोकिएका छन्। यी अस्पतालले आइसाेलेसन, नमूना संकलन तथा प्रेषण सेवा दिनुपर्छ।

कोभिड क्लिनिक सञ्चालन गर्नका लागि देशभर १२६ वटा स्वास्थ्य संस्था तोकिएको छ। आवश्यक पर्दा यस्ता स्वास्थ्य संस्थाको संख्या बढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

तह–३ अन्तर्गत लेबल–१ कोभिड अस्पतालहरूमा हुने उपचार पर्छन। यसमा तोकिएका अस्पतालहरूले कोभिड–१९ को सामान्य केसको व्यवस्थापन गर्नुपर्छ। तह–२ अन्तर्गतका स्वास्थ्य संस्थाबाट रेफर गरी पठाइएका वा सोही अस्पतालमा पहिचान भएका बिरामीलाई आइसाेलेसनमा राखेर उपचार गर्नुपर्छ।

लेबल–१ कोभिड अस्पताल भनेर प्रदेश १ र २ मा एउटा एउटा, बागमती प्रदेशमा तीनवटा, गण्डकी प्रदेशमा दुईवटा, प्रदेश ५ मा पाँचवटा, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा तीनवटा गरी देशभर १६ अस्पताल तोकिएका छन्।

तह–४ मा लेबल–२ कोभिड अस्पतालहरूमा विरामीको उपचार हुन्छ। कोभिड–१९ का मध्यम जटिल र अति जटिल केश यी अस्पतालले हेर्छन्। लेबल–२ मा पर्ने अस्पतालमा हाइडिपेन्डेन्सी र आईसीयू केयर भएकालाई राखिएको छ। लेबल–२ को कोभिड अस्पतालमा बागमती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र भरतपुर अस्पतालाई तोकिएको छ। त्यसैगरी, प्रदेश–१ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी र जनकपुर अस्पताल लेबल–२ कोभिड अस्पताल भनेर तोकिएका छन्।

संक्रमितको संख्या दुई हजारभन्दा माथि पाँच हजारसम्म हुँदा दोस्रो चरणको उपचार योजना लागू हुन्छ। संक्रमितको संख्या दुई हजारभन्दा माथि पुगेपछि जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य संकटकाल घोषणा गर्ने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।

गण्डकी प्रदेशमा पोखरा एकेडेमी अफ हेल्थ साइन्स, प्रदेश ५ मा लुम्बिनी अस्ताल बुटवल, कर्णाली प्रदेशमा कर्णाली एकेडेमी अफ हेल्थ साइन्स र सुर्खेत अस्पताल तोकिएका छन् भने सुदूरपश्चिम प्रदेशमा सेती अस्पताललाई कोभिड उपचारको लेबल-२ का अस्पताल भनेर तोकिएको छ।

तह–५ मा अन्तर्गत लेबल–३ कोभिड अस्पताल पर्छन्। बहुविज्ञ सेवा चाहिने कोभिड–१९ का बिरामीको उपचार यी अस्पतालमा हुन्छन्। यी अस्पतालमा विशिष्टिकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवा उपलब्ध हुन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा अस्पताललाई मात्रै लेबल–३ कोभिड अस्पताल भनेर तोकेको छ। जसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रहेका छन्। यी अस्पतालमा बहुविज्ञ सेवा चाहिने अवस्थामा पुगेका कोभिड–१९ का बिरामीको मात्रै उपचार गरिन्छ।

चार तहको उपचार योजना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितको संख्याको आधारमा उपचारका योजना बदल्दै जाने गरी ‘हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लान’ तयार गरेको छ। जसमा १० हजार जना कोरोना संक्रमित बिरामीलाई आधार मानिएको छ।

उक्त योजनाअनुसार, कोरोना संक्रमितको संख्या दुई हजार नपुग्दासम्म पहिलो तहको उपचार योजना लागू हुन्छ। जसअन्तर्गत सबै संक्रमितलाई तोकिएको अस्पतालमै राखेर रेखदेख र उपचार गरिन्छ।

यो तहमा कोरोना संक्रमितको उपचारको लागि अस्थायी कोरोना अस्पतालको स्थापना, नर्स र उपचारसँग सम्बन्धित व्यक्तिलाई अभिमुखीकरण र तालिम, कोभिड–१९ को उपचारसँग सम्बन्धीत अन्य तयारीहरू पर्छन्।

संक्रमितको संख्या दुई हजारभन्दा माथि पाँच हजारसम्म हुँदा दोस्रो चरणको उपचार योजना लागू हुन्छ। संक्रमितको संख्या दुई हजारभन्दा माथि पुगेपछि जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य संकटकाल घोषणा गर्ने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ। यसबेला कोरोना संक्रमित सबैलाई घरमै आइसाेलेसनमा राख्ने र जटिल अवस्थाका बिरामीलाई मात्रै अस्पताल लैजाने तयारी छ।

दुई हजारदेखि पाँच हजार मानिस संक्रमित हुँदा चार हजारजनालाई सामान्य उपचार भए हुने, ७५० जनालाई अक्सिजनको सपोर्ट चाहिने र २५० जनालाई सघन उपचार चाहिन सक्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयको छ।

कोरोना संक्रमितको संख्या पाँच हजारबाट माथि गएपछि उपचारको तेस्रो योजना शुरू हुन्छ। यस्तो अवस्थामा सबै निजी अस्पतालहरूलाई कोरोना उपचार हुने अस्पतालमा परिणत गर्ने योजना स्वास्थ्य मन्त्रालयले तयार गरेको हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लानमा समावेश गरिएको छ।

यो बेला कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बसोबासका लागि होटलमा राख्ने र स्वास्थ्य अवस्था सामान्य रहेका कोरोना संक्रमितलाई घरमै आइसाेलेसनमा राख्ने योजना बनाइएको छ। पाँच हजारदेखि १० हजारजना संक्रमित हुँदा आठ हजारजनालाई सामान्य उपचार भए हुने, १५ सय जनालाई अक्सिजनको सपोर्ट चाहिने र ५०० जनालाई सघन उपचार आवश्य पर्ने प्रक्षेपण छ।

त्यसैगरी, चौथो चरणको उपचार योजनामा पुग्नका लागि कोराना संक्रमितको संख्या १० हजारभन्दा बढी हुनुपर्छ। यसबेला देश स्वास्थ्य प्रकोपमा रहेको घोषणा गरिन्छ। यसपछि, स्वास्थ्य सहायताका लागि विदेशी देशको सहयोग लिने स्वास्थ्य मन्त्रालयको तयारी योजना छ।

१० हजारभन्दा बढी मानिस कोरोना संक्रमित हुँदा आठ हजारभन्दा बढी मानिसलाई सामान्य उपचारले ठीक हुने, १५ सयभन्दा बढीलाई अक्सिजनको सपोर्ट चाहिने र ५०० भन्दा बढीलाई सघन उपचारको आवश्यकता पर्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ।

" /> काठमाडाैं। १० जेठमा काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो। काठमाडौंको सुविधा सम्पन्नमध्येको एक उक्त अस्पतालका कर्मचारीलाई कोभिड–१९ को उपचारका लागि भने पाटन अस्पताल लगियो।

"> नेपालमा कोरोना संक्रमित १० हजार नाघे के होला ? यस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी: Dekhapadhi
नेपालमा कोरोना संक्रमित १० हजार नाघे के होला ? यस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी

प्रतिक्रिया दिनुहोस्