बझाङमा चितुवाकाे छालासहित एक पक्राउ <p>कैलाली। बझाङमा एक व्यक्ति चितुवाकाे छालासहित पक्राउ परेका छन्।</p> <p>बझाङ बुंगल नगरपालिका-११ का ३३ वर्षीय प्रेमबहादुर बोहरा हिजाे, ११ जेठ राति एक थान चितुवाकाे छालासहित प्रक्राउ परेका हुन्।</p> <p>क्षेत्रीय अनुसन्धान ब्युरो (आरआईटी) को टिमले गोप्य सूचनाका आधारमा बोहराको घरमा खानतलासी गर्दा साे छाला लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेकाे थियाे।</p> <p>उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताए।</p>
प्रतिक्रिया दिनुहोस्