काठमाडौं। पश्चिम रुकमुको चौरजहारी नगरपालिका–८, सोतीका गाउँलेको लखेटाइपछि भेरी नदीमा बेपत्तामध्ये थप एकजनाको शव भेटिएको छ।
भेरी नगरपालिका–४ का अन्दाजी १९ वर्षीय गणेश बुढा मगरको शव भेरी नरपालिका–१० फेराघाट नजिकै फेला परेको जाजरकोट प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, जाजरकोट लैजाने तयारी हुँदैछ।
नदीमा बेपत्तामध्ये भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव यसअघि भेटिइसकेको थियो।
अझै तीनजना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही, र सन्दीप विक सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक महेशकुमार आचार्यले बताए।
भेरी नगरपालिका–४ का नवराजको प्रेमिकाको गाउँ चौरजहारी नगरपालिका–८ सोती पुगेका बेला १० जेठ बेलुका गाउँलेहरूले लखेटेका थिए। नवराजकी प्रेमिका मल्ल थरकी हुन्। १७ वर्षीया ती किशोरीका अभिभावकले उनीहरूको प्रेम सम्बन्धलाई ‘अन्तरजातीय’ भन्दै नरुचाएको बताइएको छ।
नवराज यसअघि पनि आफ्ना दुईजना साथीसहित प्रेमिकाकालाई ‘भगाउने’ भनेर उनको घर पुगेका थिए। त्यतिबेला आफन्तले प्रहरीको जिम्मा लगाएका थिए। एकरात इलाका प्रहरी कार्याय चौरजहारीको हिरासतमा बसेका उनीहरू भोलिपल्ट वडाध्यक्ष डम्बबहादुर मल्लको रोहवरमा छुटेका थिए।
त्यसपछि पनि प्रेमिकाले विवाहका लागि दबाब दिएपछि नवराज थप १७ जना साथीलाई लिएर १० जेठमा उनको गाउँ पुगेका थिए। त्यसमध्ये १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, चौरजहारीको जिम्मा लगाएका थिए। इप्रका चौरजहारीले उनीहरूलाई जाजरकोट प्रहरीको जिम्मा लगाएको छ।
आफूहरू त्यहाँ पुग्नेबित्तिकै लखेटेको प्रहरीको सम्पर्कमा आएका युवाहरूले बताएका छन्।
उता किशोरीका आफन्तले भने नवराजको समूह आफूहरूलाई आक्रमण गर्ने उद्देश्यले आएको आरोप लगाएका छन्। युवाहरूको समूह आक्रमणको योजनासहित आएपछि गाउँलेले प्रतिकार गरेको उनीहरूको भनाइ छ।
यो पनि पढ्नुहोस्
अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता
" /> काठमाडौं। पश्चिम रुकमुको चौरजहारी नगरपालिका–८, सोतीका गाउँलेको लखेटाइपछि भेरी नदीमा बेपत्तामध्ये थप एकजनाको शव भेटिएको छ।भेरी नगरपालिका–४ का अन्दाजी १९ वर्षीय गणेश बुढा मगरको शव भेरी नरपालिका–१० फेराघाट नजिकै फेला परेको जाजरकोट प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए।

">