उपचार गराइरहेका युवकमा काेराेना संक्रमण देखिएपछि बर्दिया अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
<p>बर्दिया। बर्दिया अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक अन्य सेवा स्थगन गरिएको छ।</p>
<p>गुलरिया-१, खैरापुरस्थित नेपाल राष्ट्रिय शम्भुशरण माविको क्वारेन्टाइनमा रहेका युवकको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो।</p>
<p>आइसोलेसन वार्डमै रहेका बेला ती युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा एक हप्ताका लागि स्थगन गरिएको अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
