बाँकेसहित पाँच जिल्लाका सीडीओ फेरिए

काठमाडौं। कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ जिल्ला बनेको बाँकेसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको ठाउँमा स्याङ्जाका प्रजिअ रामबहादुर कुरुम्वाङलाई कामुको जिम्मेवारी दिएर बाँके पठाएको छ।

खड्कालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। स्याङ्जामा भने कसैलाई पठाइएको छैन।

त्यस्तै सप्तरीमा शंकरहरि आचार्य, पर्वतमा शम्भुप्रसाद रेग्मी, जुम्लामा भूपेन्द्र रानाको सरुवा गरिएको छ।

पर्वतका सीडीओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सीडीओ बनाएर पठाइएको छ।

जुम्लाका दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सीडीओ बनाएर पठाइएको छ। सप्तरीमा रहेका सुनिल खनाललाई अध्यागमन विभागमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्