नेपालमा कोरोना भाइरस संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि
काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको हो।

बाराका ७० वर्षीय एक वृद्धको मृत्यु कोरोनाबाट नै भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उनको ४ जेठमा मृत्यु भएको थियो।

यसअघि सिन्धुपाल्चोककी महिला धुलिखेल अस्पतालमा, बाँकेको नरैनापुरका पुरुष त्यहींको क्वारेन्टाइनमा र गुल्मीका संक्रमित पुरुषको रूपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको थियो।

जसमध्ये सिन्धुपाल्चोककी महिला र बाँकेका पुरुषको मृत्युपछि मात्रै उनीहरू संक्रमित भएको पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्