अछाममा पनि भेटिए कोरोना संक्रमित
<p style="text-align:justify">काठमाडौं। सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्।</p>
<p style="text-align:justify">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको नमूना परीक्षणमा अछामका एक युवकमा संक्रमण पुष्टि भएको हो।</p>
<p style="text-align:justify">मन्त्रालयका अनुसार अछामको मल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।</p>