कैलाली। धनगढीमा निर्मित कोरोना अस्पताल सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ।
प्रदेश सरकारले ९४ लाख रूपैयाँको लागतमा जिल्ला समन्वय समितिको जग्गामा ५० शैय्याको आइसोलेसन वार्ड निर्माण सम्पन्न गरेपछि आज हस्तान्तरण गरिएको हो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले नवनिर्मित वार्ड आज सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरे।

अब संक्रमित र आइसोलेसनमा राखिएका बिरामीलाई नयाँ वार्डमा सारेर उपचार गरिने सेती प्रादेशिक अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेयले बताए।
उनले वार्डको अभावले उपचारमा समस्या हुनुका साथै अन्य बिरामीमा समेत संक्रमण फैलने जोखिम रहेको भन्दै छुट्टै भवनमा उपचार गर्न थालेपछि सहज हुने बताए।
सेती अस्पतालमा हाल पाँचजना कोरोना संक्रमित र दुईजना काेभिड-१९ सँग मिल्दाेजुल्दाे लक्षण देखिएका बिरामीको उपचार भइरहेको सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
उनले अब ती बिरामीलाई नवनिर्मित भवनमा सारिने जानकारी दिए।

" /> कैलाली। धनगढीमा निर्मित कोरोना अस्पताल सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ।

">