लकडाउन खुकलो बनाउँदा दिल्लीमा एक सातामा थपिए ३६ सय संक्रमित

नयाँदिल्ली। भारतको दिल्लीमा लकडाउन खुकुलो बनाइएको एक सातामा तीन हजार ६ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्।

गत १७ मेदेखि दिल्लीमा लकडाउन खुकुलो बनाइएको थियो। त्यतिवेला कुल संक्रमित नौ हजार सात सय ५५ जना थिए।

आजसम्ममा १३ हजार चार सय १८ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ। यसबीचमा दुई हजार पाँच सय जना मात्र उपचारपछि भर फिरेका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार निजी अस्पतालमा दुई हजार र सरकारीमा दुई हजार पाँच सय शय्या खाली छन्। निजी अस्पतालले कुनै बिरामीलाई निकालेको पाइएमा लाइसेन्स खारेज गरिदिने चेतावनी केजरीवालले दिएका छन्।

दिल्लीमा स्थिति नियन्त्रणमै रहेको केजरीवालको दाबी छ। दिल्लीमा हालसम्म दुई सय ६१ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्