दैलेखका सातजनामा कोरोना भाइरस संक्रमण <p>काठमाडौं। दैलेखका सातजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।&nbsp;</p> <p>तीमध्ये नेपालगञ्&zwj;जस्थित भेरी अस्पतालमा भएको परीक्षणमा पाँच र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा संक्रमण पाइएको हो।</p> <p>थपिएका संक्रमितमा दैलेखको नारायण नगरपालिकाका १५ र १८ वर्षका पुरुष, डुंगेश्&zwj;वर गाउँपालिकाका २८ र २७ वर्षका पुरुष र २५ वर्षकी महिला छन्।</p> <p>यस्तै, गुराँस गाउँपालिकाका २४ र ३५ वर्षका पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्