काठमाडौं। पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका एक जना वृद्ध कोरोना संक्रमित भएको आज पुष्टि भएको छ।
वीरगञ्जकै नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा. मदन उपाध्यायले बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको बताए।
“नेशनल मेडिकल कलेजबाट स्वाब संकलन गरिएको रहेछ, पछि बुझ्दा उनको मृत्यु भइसकेको जानकारी आयो,” उनले देखापढीसँग भने।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार पुगेको छ।
यसअघि सिन्धुपाल्चोककी महिला धुलिखेल अस्पतालमा, बाँकेको नरैनापुरका पुरुष त्यहींको क्वारेन्टाइनमा र गुल्मीका संक्रमित पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको थियो।
जसमध्ये सिन्धुपाल्चोककी महिला र बाँकेका पुरुषको मृत्युपछि मात्रै उनीहरु संक्रमित भएको पुष्टि भएको थियो।
" /> काठमाडौं। पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका एक जना वृद्ध कोरोना संक्रमित भएको आज पुष्टि भएको छ।वीरगञ्जकै नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा. मदन उपाध्यायले बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको बताए।

">