काठमाडौंको टोखामा २ र बुढानीलकण्ठमा १ जनामा कोरोना संक्रमण
" /> काठमाडौंको टोखामा २ र बुढानीलकण्ठमा १ जनामा कोरोना संक्रमण
"> बुढानीलकण्ठका संक्रमित समाजसेवी, टोखाका किराना पसल सञ्‍चालक: Dekhapadhi
बुढानीलकण्ठका संक्रमित समाजसेवी, टोखाका किराना पसल सञ्‍चालक
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान नेपालमा थप ७२ जना कोरोना संक्रमित भएको पुष्टि गरेको छ, जसमा तीनजना काठमाडौंका छन्।
उनीहरूमध्ये बुढानीलकण्ठ नगरपालिकाका एक जना र टोखा नगरपालिकाका दुई जना संक्रमित छन्।
नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले ‘वडा नं. ३ का एक जना ३७ वर्षीय समाजसेवामा संक्रमण पुष्टि भएको’ बताए।
“आफ्नो निजी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेर बिरामीलाई निशुल्क अस्पताल पु¥याउने, औषधी किनिदिने जस्तो सेवा गर्ने व्यक्तिलाई संक्रमण देखिएछ,” उनले देखापढीसँग फोनमा भने।
नगरपालिकाका १०० जनाको पीसीआर परीक्षणका लागि नमूना संकलन गरिसकेकोमा ४४ जनाको रिपोर्ट आएको र त्यसमध्ये एक जनालाई संक्रमण देखिएको उनले बताए। बाँकी ५६ जनाको रिपोर्ट आउनै बाँकी छ।
संक्रमित व्यक्तिलाई एम्बुलेन्समार्फत् अस्पताल लगिसकिएको पनि मेयर खरेलले बताए।
त्यस्तै काठमाडौंको टोखा नगरपालिकामा पनि आज दुई जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँका मेयर प्रकाश अधिकारीले वडा नं. ६ मा किराना पसल सञ्चालन गर्ने एक जना व्यक्ति र अर्का वडा नं. ३ मा डेरा गरी बस्ने व्यक्तिमा संक्रमण देखिएको बताए ।
“किराना पसल लामो समयदेखि बन्द थियो, उहाँ घरमै बस्नु भएको थियो, तै पनि उहाँको सम्पर्कमा पुगेका व्यक्तिको खोजी गर्ने र उनीहरुलाई पनि परीक्षण गर्ने क्रम शुरु भएको छ,” उनले भने,“जनप्रतिनिधिहरु नगरपालिकामा जम्मा भएर संक्रमितलाई स्वास्थ्यकर्मीको जिम्मा लगाएका छौं, उनीहरुलाई अस्पताल लैजाने तयारी हुँदैछ । अब ती क्षेत्रमा आवत–जावत पनि रोक लगाउनुपर्ने भएको छ, त्यसका लागि सुरक्षाकर्मी परिचालन गर्दैैछौं।”
पढ्नुहाेस्: काठमाडौंको टोखामा २ र बुढानीलकण्ठमा १ जनामा कोरोना संक्रमण
प्रतिक्रिया दिनुहोस्