“खुला सीमा र अनियन्त्रित आवागमनका कारण सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था फितलो भयो,” उनले भनिन्।
भारतबाट आउनेहरूमध्ये धेरैजसो महाराष्ट्र र दिल्लीबाट फर्किएकाहरू छन्। लकडाउन भए यता नै थुप्रै व्यक्ति खुला सीमाबाट नेपाल प्रवेश गरेका थिए, जसको एकीन तथ्यांक कुनै निकायसँग पनि छैन।
‘स्थिति नियन्त्रणबाहिर’
स्थानीय प्रशासन र स्थानीय तह दुवैले न भारतबाट आउने व्यक्तिहरूको तथ्यांक राखेर उनीहरूलाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राख्न सकेका छन्, न त क्वारेन्टाइनमा पुगिसकेका व्यक्तिलाई नै निश्चित अवधिसम्म त्यहाँ टिकाउन सकेका छन्।
भारतबाट दैनिक कति जना आइरहेका छन् र उनीहरू समुदायमा कहाँ गइरहेका छन् भन्ने पत्तोसमेत कसैलाई छैन। ‘आगँन जोडिएका कारण’ नरैनापुरमा त्यसरी तथ्यांक राख्न अप्ठ्यारो भएको प्रदेश सांसद गिरीले बताइन्।
क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरूको समेत लामो समय हुँदा पनि परीक्षण भएको छ। “क्वारेन्टाइनमा बसेकाका स्वाब संकलन हुँदै छ, परीक्षण पनि हुँदै छ, तर सबैको सकिएको छैन,” गाउँपालिका अध्यक्ष शाहले भने।
भारतबाट अनियन्त्रित रूपमा आउने तथा क्वारेन्टाइनबाट भाग्ने र संक्रमित पुष्टि भएपछि पनि नेपालगञ्जस्थित अस्पतालहरूमा जान नमान्ने कारणले स्थिति नियन्त्रणबाहिर गएको भन्दै गाउँपालिकाले संघीय सरकारसँग सहयोग मागेको छ।
गाउँपालिकाको आग्रहपछि त्यहाँ निषेधाज्ञा जारी गर्दै सेना परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले देखापढीलाई बताए।
“थप संक्रमण नहोस् भन्नका लागि नेपाली सेनालाई नै सम्पूर्ण जिम्मा दिएका छौं। सेनाकै नेतृत्वमा स्वास्थ्य परीक्षण गर्ने, लकडाउन पालना गराउने, क्वारेन्टाइन थप व्यवस्थापन पर्ने लगायतका काम हुन्छन्। त्यसकै लागि निषेधाज्ञा जारी गरेका छौं,” उपाध्ययले भने।

नेपालका प्रत्येक पाँच सक्रिय संक्रमितमध्ये एकजना नरैनापुरका, कसरी बन्यो यो कोरोनाको केन्द्र ?: Dekhapadhi
नेपालका प्रत्येक पाँच सक्रिय संक्रमितमध्ये एकजना नरैनापुरका, कसरी बन्यो यो कोरोनाको केन्द्र ?

काठमाडौं। झण्डै ३५ हजार जनसंख्या रहेको नरैनापुर गाउँपालिका बाँकेको सबैभन्दा कम विकसितमध्येको स्थानीय तह हो। १७२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको र बघौडाको क्षेत्रको नामले समेत परिचित यो गाउँपालिका यतिबेला विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको चपेटामा परेको छ।

नेपालभर ६७५ जना संक्रमित भएकोमा बाँकेको यो गाउँपालिकाका मात्रै ११४ जना छन्, जुन नेपालभरका संक्रमितको करीब १७ प्रतिशत हो। अर्थात् नेपालका हरेक ६ जना संक्रमितमध्ये एक जना नरैनापुरका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये देशभरमा १०५ जना उपचारपश्चात कोरोनामुक्त भएका छन् भने तीनजनाको मृत्यु भएको छ। यस हिसाबले अहिले नेपालमा ५६७ जना मात्रै सक्रिय संक्रमित छन्, जसमध्ये ११४ जना नरैनापुरका हुन्।

“गाउँका केही व्यक्तिको उक्साहटमा कोरोना संक्रमितलाई नेपालगञ्जको आइसोलेसनमा लैजान खोज्दा अवरोध भयो। सेना नै परिचालन गरेर उनीहरूलाई गाडीमा हाल्नुपरेको थियो। गलत अफवाह फैलाइएका कारण पनि समस्या भइरहेको छ,”- गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह

नेपालभरका सक्रिय संक्रमितमध्ये २० प्रतिशत नरैनापुरका छन्, अर्थात् नेपालका हरेक पाँच जना सक्रिय संक्रमितमध्ये एकजना नरैनापुरका हुन्। त्यस्तै कोरोनाका कारण नेपालमा ज्यान गुमाएका तीनमध्ये एक जना पनि नरैनापुरकै हुन्।

यो तथ्यांकले देखाउँछ नेपालमा कोरोना संक्रमणको केन्द्र बाँकेको नरैनापुर बनेको छ। गाउँपालिका अध्यक्षले संघीय सरकारलाई पत्र लेखेर स्थिति नियन्त्रणबाहिर जान लागेको भन्दै सहयोग मागेका छन्।

अव्यवस्थित क्वारेन्टाइन

बाँके सदरमुकाम नेपालगञ्‍जबाट ३६ किलोमिटर टाढाको यो गाउँपालिकामा सम्भावित संक्रमितलाई राख्‍न भनी १३ वटा क्वारेन्टाइन निर्माण गरिएको छ। जसमा ७५० जनालाई राखिएको छ। तीमध्ये ११ वटा क्वारेन्टाइनमा बिजुली छैन। त्यसैले भारतबाट कैयौं दिन हिँडेर फर्केकाहरू यस्तो गर्मीमा पंखा नभएको क्वारेन्टाइनमा बस्न नमान्‍ने र केही गरी पुर्‍याइए पनि त्यहाँबाट भाग्ने गरेका छन्।

क्वारेन्टाइनप्रतिको विकर्षणको अर्को कारण क्वारेन्टाइनमै एक युवाको ज्यान जानु पनि हो। नरैनापुर-५ मटेहिया भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षे युवाको मृत्यु भएपछि मात्रै भएको परीक्षणमा उनी संक्रमित भएको खुल्यो।

संक्रमित युवाले उपचार नपाएर आफ्नै आँखा अगाडि ज्यान गुमाएपछि क्वारेन्टाइनका बसिरहेका अन्य व्यक्ति पनि आत्तिन थाले। सक्नेहरू आफैं भागे। केहीले आफन्तलाई बोलाएर उनीहरूकै सहयोगमा घर पुगे।

“एउटै क्वारेन्टाइनमा ५०/६० जनालाई राख्नुपरेको छ। लामो समयसम्म पनि परीक्षण गर्न सकिएको छैन्। त्यही भएर मानिसहरू आक्रोशित हुँदै भाग्ने गरेका छन्,” गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भने।

लामो समय क्वारेन्टाइनमा बसिसक्दा पनि परीक्षण नहुने र कतिन्जेल क्वारेन्टाइनमा बस्नुपर्ने हो भन्ने पनि अनिश्चित भएका कारण धेरै व्यक्ति भागेका हुन्। यसरी परीक्षणबिना नै क्वारेन्टाइनबाट भागेर समुदायमा पुगेका व्यक्ति संक्रमित रहेछन् भने उनीहरूबाट संक्रमण फैलिनसक्ने अर्को जोखिम छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले क्वारेन्टाइनबाट भाग्ने व्यक्तिले गाउँमा अरुलाई पनि संक्रमण फैलाउनसक्ने खतरा रहेको बताए।

अध्यक्ष शाहले क्वारेन्टाइनमा रहेकाहरूलाई भगाउन गाउँलेलाई भड्काउने तत्व पनि सक्रिय रहेको बताए। “गाउँका केही व्यक्तिको उक्साहटमा कोरोना संक्रमितलाई नेपालगञ्जको आइसोलेसनमा लैजान खोज्दा अवरोध भयो। सेना नै परिचालन गरेर उनीहरूलाई गाडीमा हाल्नुपरेको थियो। गलत अफवाह फैलाइएका कारण पनि समस्या भइरहेको छ,” अध्यक्ष शाहले भने।

खुला सीमा र अनियन्त्रित नेपाल प्रवेश

नरैनापुर भारतसँग सीमा जोडिएको गाउँपालिका हो। निश्चित प्रवेशबिन्दू नभएका कारण यो गाउँपालिकाको जहाँसुकैको सीमाबाट नेपाल-भारत आउजाउ गर्न सकिन्छ। प्रदेशसभा सदस्य कृष्ण केसीले खुल्ला सीमाका कारण विना रोकटोक आवतजावतको क्रम अहिले पनि चलिरहेको बताइन्।