काठमाडौं। महोत्तरीमा प्रहरीको गोलीबाट एक लागुऔषध कारोबारीको मृत्यु भएको छ।
रामगोपालपुर नगरपालिका-७ सहसौलामा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यसतर्फ गएको थियो।
प्रहरीको गोली लागेर रामगोपालपुर-७ का १६ वर्षीय राजन यादवको मृत्यु भएको हो। सोही ठाउँका ५० वर्षीय सुरेन्द्र यादव र २७ वर्षीय राहुल यादव पक्राउ परेका छन्। अन्य व्यक्तिहरू भने भागेको र प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
१०/१२ जनाको समूहमा रहेका लागुऔषध कारोबारीले प्रहरीलाई घेरा हालेर आक्रमण गरेको र प्रतिरक्षामा प्रहरीले चलाएको गोली लागेर एक लागूआषैध कारोबारीको मृत्यु भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए।
“प्रहरीलाई रडलगायतले प्रहार गरेर भाग्ने क्रममा गोली चलाएको हो”, उनले भने, “एकजना लागुऔषध कारोबारीको मृत्यु भएको छ।”
डीआइजी सिंहका अनुसार लागुऔषध कारोबारीहरूले प्रहार गरेको रड लागेर चारजना प्रहरी गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा प्रहरी हवल्दार सञ्जिव पासवान, प्रहरी जवानहरु मनोज शाह, रामविहारी पासवान र लालबाबु यादव छन्।
चारजना मध्ये प्रहरी हवल्दार गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको महोत्तरीको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। महोत्तरीमा प्रहरीको गोलीबाट एक लागुऔषध कारोबारीको मृत्यु भएको छ।रामगोपालपुर नगरपालिका-७ सहसौलामा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यसतर्फ गएको थियो।

">