ब्राजिलमा एकै दिन १५ हजार नयाँ संक्रमित
ब्रासिलिया। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एकै दिन कोरोना भाइरसका १५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।

ब्राजिलको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले कोरोना भाइरसको प्रसार तीव्र रहेको देखाएको हो।

पछिल्लो २४ घण्टामा १५ हजार आठ सय १३ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन लाख ६२ हजार दुई सय ११ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ सय ५३ जनाले ज्यान गुमाएका छन्। यससँगै मृतक संख्या २२ हजार ६ सय ६६ पुगेको छ। संक्रमित र मृतक संख्याका आधारमा ब्राजिल अमेरिकापछि दोस्रो मुलुक बनेको छ।

प्रतिक्रिया दिनुहोस्