अमेरिकाले ‘राजनीतिक भाइरस’ फैलायोः चिनियाँ विदेशमन्त्री
बेइजिङ। चीनका विदेशमन्त्री वाङ यीले अमेरिकाले ‘राजनीतिक भाइरस’ फैलाएको आरोप लगाएका छन्।
दुई मुलुकबीच तनाव बढ्दै जाँदा विदेशमन्त्री वाङले अमेरिकाले ‘षडयन्त्र र झुठ’ फैलाइरहेको आरोप लगाए। “अमेरिका राजनीतिक भाइरसबाट संक्रमित भएको छ, जसले बारम्बार त्यहाँका केही नेतालाई चीनविरुद्ध आक्रमण गर्न उक्साइरहेको छ,” मन्त्री वाङले पत्रकारहरूसँग भने।
उनले अमेरिकालाई बेकारका कुरामा समय बिताएर आफ्ना नागरिकको अमूल्य जीवन खेर नफाल्न पनि सुझाए।
चिनियाँ विदेशमन्त्री वाङले कोरोना भाइरस देखिएलगत्तैदेखि चीन विश्वभरका मानिसको स्वास्थ्य सुरक्षाका उपायमा केन्द्रित रहेको बताए। अमेरिकाका कतिपय राजनीतिक शक्तिहरूले चीन-अमेरिका सम्बन्धलाई बन्धक बनाएको आरोप लगाए।
उनले कुनै शक्तिको नाम त लिएनन् तर ती शक्तिले दुई मुलुकलाई नयाँ प्रकारको शीतयुद्धतिर धकेल्न खोजिरहेको बताए।
“कोरोना भाइरसको क्षति त छँदैछ, अमेरिकाका तर्फबाट राजनीतिक भाइरस फैलाइएको छ र त्यस भाइरसले निरन्तर चीनमाथि आक्रमण र दोष थोपर्ने काम गरिरहेको छ,” उनले भने, “अमेरिकाका कतिपय राजनीतिकर्मीहरू आधारभूत तथ्यलाई लत्याउँदै चीनमाथि लक्षित गर्दै षडयन्त्रको तानाबाना बुनिरहेका छन्।”
प्रतिक्रिया दिनुहोस्