राँझा। बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि परीक्षणका लागि स्वाब संकलनको दायरा बढाइएको छ।
संक्रमणको अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै छिमेकी गाउँपालिकामा पनि कोभिड-१९ परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
उनका अनुसार हिजो बाँकेका चार स्थानबाट १७१ जनाको स्वाब संकलन गरिएको छ।
डुडुवा, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाबाट स्वाब सङ्कलन गरिएको हो। परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको ३४६ जनाको स्वाबको परीक्षण नतिजा आउन बाँकी रहेको श्रेष्ठले जानकारी दिए।
बाँकेमा हालसम्म परीक्षणका लागि दुई हजार ४४० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।
तीमध्ये १४२ जनाको परीक्षण नतिजा पोजिटिभ देखिएको छ।
बाँकेमा हालसम्म एक हजार १४२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ।
यहाँ कोभिड-१९ बाट नरैनापुरमा एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका तथा नरैनापुर, राप्तीसोनारी र खजुरा गाउँपालिकामा संक्रमित फेला परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका २१ जना निको भएर घर फर्किसकेका छन्। रासस
" /> राँझा। बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि परीक्षणका लागि स्वाब संकलनको दायरा बढाइएको छ।संक्रमणको अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै छिमेकी गाउँपालिकामा पनि कोभिड-१९ परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

">