सिभिल अस्पतालले शुरू गर्यो प्रसूति तथा स्त्री रोगका बिरामीलाई अनलाइनबाटै स्वास्थ्य परामर्श
<p>काठमाडौं। मिनभवनस्थित सिभिल अस्पतालले प्रसूति तथा स्त्री रोगका बिरामीलाई अनलाइनबाट स्वास्थ्य उपचारसम्बन्धी परामर्श दिन शुरू गरेको छ।</p>
<p>कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै अस्पताल प्रशासनले छुट्टै फेसबुक पेजमार्फत त्यस्ता बिरामीहरूलाई लेखेर समस्या पठाउन भनिएको छ।</p>
<p>२४ घण्टाभित्र जिज्ञासाका समाधान गर्ने गरी व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।</p>
<p>अस्पतालले लकडाउन शुरू भएको केही समयदेखि नै केही विभागमा बिरामीहरूको लागि स्वास्थ्य परामर्श जारी राखेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
