काठमाडौं। उनको चित्र गुजुल्टो परेको छ, वर्तमान समयजस्तै। पाश्र्वको मधुर हरियो जीवनको रंग हो सायद। तर, सम्मुखको गुजुल्टो अनुहारले भरिएको छ। ‘द ब्युटिफुल माइन्ड’ शीर्षक दिइएको यो चित्र अहिले समयको साक्षी बनिबसेको छ। त्यसैले त संसारभर चर्चित छ।
दक्षिण अमेरिकाको एटलान्टिक महासागरको किनारमा रहेको सुरीनेम देशका २५ वर्षीय चित्रकार जोनाथन टिजेन फुहले सुनाएको चित्रको गर्भकथा यस्तो छः
कोभिड-१९को प्रकोपका शुरूआती हप्ताका मेरा भोगाई यो चित्रमा प्रतिकात्मक रूपमा उतारेको छु।
हामी सँधै सकारात्मक सन्देश सुन्न चाहन्छौँ। तर, समय सँधै एकनासको हुँदैन। हामी सधैँ सरल, सहज महशुस गर्न सक्दैनौँ। कोरोना संक्रमणको महामारी बढ्दै गर्दा म निकै व्याकुल भएँ, अलमलमा परेँ।
मेरो दिमागले लगातार नानाथरी सोचिरहेको थियो। अनि परिवारजनसँग कुरा गरेँ। साथीहरुसँग कुरा गरेँ। उनीहरुले मलाई बाटो देखाए।
त्यसपछि मैले आफ्नो भोगाइलाई कुची र रङको सहायताले कागजमा उतार्न थालेँ। आफ्ना भावना पोख्न थालेपछि मैले आफुलाई थप चिन्न थालेको छु। र, यसले मलाई शान्ति दिइरहेको छ।
मैले यो पेन्टिङ सबैसामु एउटा सन्देशको रूपमा सार्वजनिक गरेको छु। मैले भन्न खोजेको कुरा हो- तपाईं जहाँ भए पनि एक्लै हुनुहुन्न। तपाई कहिलेकाँही चिन्तित वा बेचैन हुन सक्नुहुन्छ। तर त्यो महत्वपूर्ण होइन।
तपाईंले मुस्किलको समयमा आफूलाई कसरी व्यक्त गर्न सक्नुहुन्छ भन्ने नै सबैभन्दा महत्वपूर्ण हो। यदि तपाईंलाई पनि मलाई जस्तै भएको छ भने कुनै पनि माध्यमबाट आफूलाई व्यक्त गर्नुस्। यसले शान्ति दिन्छ।
" /> काठमाडौं। उनको चित्र गुजुल्टो परेको छ, वर्तमान समयजस्तै। पाश्र्वको मधुर हरियो जीवनको रंग हो सायद। तर, सम्मुखको गुजुल्टो अनुहारले भरिएको छ। ‘द ब्युटिफुल माइन्ड’ शीर्षक दिइएको यो चित्र अहिले समयको साक्षी बनिबसेको छ। त्यसैले त संसारभर चर्चित छ।दक्षिण अमेरिकाको एटलान्टिक महासागरको किनारमा रहेको सुरीनेम देशका २५ वर्षीय चित्रकार जोनाथन टिजेन फुहले सुनाएको चित्रको गर्भकथा यस्तो छः

">