दोलखाका दुई युवा तामाकोशी नदीमा बेपत्ता <p>चरिकोट। दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन्।</p> <p>दोलखाको मेलुङ गाउँपालिका-१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।</p> <p>त्यस्तै कालीञ्चोक गाउँपालिका-७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए।</p> <p>हिजो, ११ जेठमा बेपत्ता दुवै युवा फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए। बेपत्ता भएका दुवै जनाको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्