इटहरी। एकजना कोरोना संक्रमित फेला परेपछि 'सिल' गरिएको इटहरीको २ र ३ वडा आजदेखि खुला गरिएको छ।
इटहरी उपमहानगरपालिका-२ का एक युवामा कोभिड-१९ पुष्टि भएपछि ६ जेठमा बसेको सर्वपक्षीय बैठकले लकडाउन कडाइ गर्दै सो दुई वटा वार्ड 'सिल' गर्ने निर्णय गरेको थियो।
आजदेखि बिहान ७ देखि १० बजेसम्म तीन घण्टा अत्यावश्क सामग्रीका पसल सामाजिक दूरी कायम गरि सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
वैंकहरूको हकमा यसअघि निर्धारण गरिएको समय विहान १० देखि १ वजेसम्म तोकिएको पालो अनुसार हुने वताइएको छ।
हिजो अपरान्ह बसेको जनप्रतिनिधि, उद्योगी, सुरक्षा निकाय सम्मिलित बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र घरमै बस्दा पनि सामाजिक दूरी कायम गर्न सबैमा आग्रहसमेत गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।
" /> इटहरी। एकजना कोरोना संक्रमित फेला परेपछि 'सिल' गरिएको इटहरीको २ र ३ वडा आजदेखि खुला गरिएको छ।इटहरी उपमहानगरपालिका-२ का एक युवामा कोभिड-१९ पुष्टि भएपछि ६ जेठमा बसेको सर्वपक्षीय बैठकले लकडाउन कडाइ गर्दै सो दुई वटा वार्ड 'सिल' गर्ने निर्णय गरेको थियो।

">