वेर्नरको ह्याट्रिकमा लाइपजिगको सहज जित
काठमाडौं। टिमो वेर्नरको ह्याट्रिक प्रेरित आरबी लाइपजिगले जर्मन बुन्डेसलिगामा मेन्जविरुद्ध ५-० को फराकिलो विजय हालिस गरेको छ।

ह्याट्रिकसँगै २४ वर्षे वेर्नरले जारी सिजनमा सबै खाले प्रतियोगितामा ३० गोल गरिसकेका छन्। वेर्नरले यसअघि पनि मेन्जविरुद्धको खेलमा ह्याट्रिकसहित थप तीन गोलको अवसरमा सिर्जना गरिदिँदा घरेलु मैदानमा लाइपजिगले ८-० को नतिजा निकालेको थियो।

वेर्नरले ११औं मिनटमा गरेको गोलमा लाइपजिगले ११औं मिनेटमा अग्रता लिएको थियो। २३औं मिनटमा युसुफ पौल्सेनले अग्रता दोब्बर बनाए। ३६औं मिनटमा मार्सेल साबिट्जरले तेस्रो गोल गरे। त्यसपछि ४८ मिनटमा व्यक्तिगत दोस्रो गोल गरेका वेर्नरले खेल सकिन १५ मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरेका हुन्।

जितसँगै लाइपजिग लिगको तेस्रो स्थानमा उक्लिएको छ। लाइपजिगले २७ खेलमा ५४ अंक जोडेको छ। जुन दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा तीन अंक तथा शीर्ष स्थानको बायर्न म्युनिखभन्दा सात अंकले पछाडि हो।

कोभिड-१९ महामारीका कारण स्थगित भएर शुरू भएपछिको पहिलो खेलमा लाइपजिगले घरेलु मैदानमा फ्रेइबर्गसँग १-१ को बराबरी खेलेको थियो। अर्को खेलमा कोलन र डुसलडोर्फले २-२ को बराबरी खेले।

प्रतिक्रिया दिनुहोस्