सभामुखद्वारा इदको शुभकामना, स्वास्थ्य सतर्कता अपनाउन आग्रह <p>काठमाडौं। सभामुख अग्&zwj;निप्रसाद सापकोटाले इद उल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्।</p> <p>इद उल फित्रको अवसरमा यस कठीन घडीमा&nbsp;भातृत्व, सदभाव र एकता कायम राख्&zwj;न&nbsp;प्रेरणा मिल्ने&nbsp;कामना सभामुखले व्यक्त&nbsp;गरेका छन्।</p> <p>अहिलेको परिस्थितलाई मध्यनजर गर्दै घरमै बसेर पर्व मनाउने निर्णय भएकोमा सभामुख सापकोटाले खुशी व्यक्त गरेका छन्। उनले स्वदेश र विदेशमा रहेका&nbsp;सबै इस्लाम धर्मालम्बीहरूलाई इदको अवसरमा शुभकामना व्यक्त गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्