इद उल फित्र मनाइँदै, आज देशभर सार्वजनिक बिदा
काठमाडौं। आज इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र।

आज सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल र दक्षिण एशियाभरबाट १० जेठमा चन्द्रमा नदेखिएका कारण हिजो मनाउने उक्त पर्व आज मनाउन बिदाको दिन परिवर्तनका लागि  मुस्लिम आयोगले नेपाल सरकारलाई अनुरोध गरेको थियो।

सोही अनुसार गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर आजलाई बिदा कायम गरेको हो।

९ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले इद उल फित्रको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

राष्ट्रिय मुस्लिम आयोगले इद उल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको  छ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर इदको नमाज पढ्न आग्रह गरेका हुन्।

रमजान महीनाको अन्त्यमा मनाइने प्रमुख पर्व इद उल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन छ।

रमजानको शुरूको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरूले घरमै बसेर नमाज पढेका थिए।

प्रतिक्रिया दिनुहोस्