काठाडमौं। रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको औसबर्गले आज जर्मन बुन्डेसलिगामा साल्केमाथि ३-० को सहज जित निकालेको छ।
इडवार्ड लोवेनको गोलमा औसबर्गले छैटौं मिनेटमै अग्रता लिएको थियो।
त्यसपछि दोस्रो गोलका लागि भ्रमणकारी औसबर्गले ७६ मिनेटसम्म कुर्नुपर्यो।
नूह जोएलले औसबर्गको अग्रता दोब्बर बनाए। इन्जुरी सयममा सर्जियो कोर्डोभाले अर्को गोल थपेपछि औसबर्गले सहज रूपमा तीन अंक जोड्न सफल भयो।
लिग पुनः शुरू भएपछि औसबर्गको यो पहिलो जित हो। यसअघि औसबर्ग घरेलु मैदानमा उल्फसबर्गसँग २–१ ले पराजित भएको थियो।
जितसँगै २७ खेलबाट ३० अंक जोडेको औसबर्ग १२औं स्थानमा छ। साल्के भने ३७ अंकका साथ आठौं स्थानमा छ।
लिग पुनः शुरू भएपछि साल्केको यो लगातार दोस्रो हार हो। यसअघि बोरुसिया डर्टमण्डविरुद्धको खेलमा ४-० ले पराजित भएको थियो।
" /> काठाडमौं। रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको औसबर्गले आज जर्मन बुन्डेसलिगामा साल्केमाथि ३-० को सहज जित निकालेको छ।इडवार्ड लोवेनको गोलमा औसबर्गले छैटौं मिनेटमै अग्रता लिएको थियो।

">