काठमाडौं। नेपाली सेनाको ‘हाईयर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम शुरू भएको छ।
नगरकोटस्थित् नेपाली सैकिन वार कलेजमा सञ्चालन भएको सिं.सं. ७ ‘हाईयर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिमको रथी शरदकुमार गिरीले उद्घाटन गरे।
रथी गिरीले यस किसिमका तालिमले तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूको पेशागत ज्ञान बढेर समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे।
जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावी नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।
तालिममा महासेनानी दर्जाका २५ जना शिक्षार्थीहरूको सहभागिता रहेको छ।
यसैबीच, नेपाली सेनामा पहिलोपटक संचालन गरिएको सि.सं. १ अल आर्मस कमाण्ड तथा स्टाफ कोर्ष तालिममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले प्रथम प्रशिक्षण दिएका छन्।
५० जना शिक्षार्थी अधिकृतहरू समावेश गराई सञ्चालन भएको उक्त तालिममा आर्मी कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षामा उत्तीर्ण भई मर्यादाक्रममा नपरेका अधिकृत सहभागी छन्।
नगरकोटस्थित् नेपाली सैनिक वार कलेजमा संचालन गर्न लागिएका यी सबै तालिममा कोभिड-१९ को सम्भावित संक्रमणलाई मध्यनजर राख्दै चिकित्सकबाट स्वास्थ्य परिक्षण गरी संक्रमण नभएको यकिन गरेपश्चात मात्र शिक्षार्थी अधिकृतलाई तालिममा सहभागी गराइएको छ।
उनीहरूलाई पूर्ण रूपमा क्वारेन्टाइनमा राखी सामाजिक दूरी कायम गरी सञ्चालन गर्न लागिएको हो।
" /> काठमाडौं। नेपाली सेनाको ‘हाईयर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम शुरू भएको छ।नगरकोटस्थित् नेपाली सैकिन वार कलेजमा सञ्चालन भएको सिं.सं. ७ ‘हाईयर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिमको रथी शरदकुमार गिरीले उद्घाटन गरे।

">