काठमाडौं। इङ्ल्यान्डमा स्थगनमा रहेको फुटबल लिग पुनः शुरू गर्ने तयारी भइरहँदा क्लबका खेलाडीमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ।
च्याम्पियनसिपको क्लब हल सिटीले आज क्लबका दुई जनामा कोरोना भाइरस परीक्षण पोजिटिभ आएको जनाएको छ।
इङ्लिस फुटबल लिगले आजै दोस्रो श्रेणी लिगको २४ क्लबका एक हजार खेलाडीमा गरिएको परीक्षणमा थप दुई नयाँ संक्रमित भेटिएको बताएको थियो। हल सिटीले दुवै जनामा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको बताएको छ।
दुवैलाई इङ्लिस फुटबल लिगको निर्देशिकाअनुसार सेल्फ क्वारेन्टाइनलमा राखिने बताइएको छ।
हल सिटीले खेलाडी वा कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएको हो भनेर खुलाएको छैन। च्याम्पियनसिपका क्बलहरूले भाेलि प्रशिक्षण थाल्ने तयारी गरेका थिए।
आजै प्रिमियर लिगको क्लब बर्नमाउथले पनि दुई नयाँ पोजिटिभ देखिनेमध्ये एक खेलाडी आफ्नो क्लबको भएको जनाएको छ।
च्याम्पियनसिप १३ मार्चबाट स्थगित भएको थियो। च्याम्पियनसिप पनि प्रिमियर लिगजस्तै जुनमा शुरू गर्ने तयारी भइरहेको छ।
" /> काठमाडौं। इङ्ल्यान्डमा स्थगनमा रहेको फुटबल लिग पुनः शुरू गर्ने तयारी भइरहँदा क्लबका खेलाडीमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ।च्याम्पियनसिपको क्लब हल सिटीले आज क्लबका दुई जनामा कोरोना भाइरस परीक्षण पोजिटिभ आएको जनाएको छ।

">