चन्दा उठाएर बनाइएको यहाँका कोठाहरू पुर्खाको स्मृतिमा दाताहरूले दिएको सहयोगमा बनेका छन्।
तीनवटा सुविधासम्पन्न यस पक्की भवनमा १२८ कोठा छ। आश्रममा रहेका भौतिक संरचना अहिले प्रयोगविहीन छ।
झण्डै एक हजारजनाले योग गर्न सक्ने सभा हल र अन्य कोठाहरू खाली छन्।
कोरोना भाइरस संक्रमणको जोखिम बढेदेखि नै स्थानीयवासीले यसअघि नै आश्रमलाई क्वारेन्टाइन बनाउन सुझाव दिएका थिए।
बिजुली, पानीलगायतको सुविधा भएकाले राज्यको पैसा पनि बच्ने भन्दै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आश्रमलाई प्रयोग गर्न सकिने यसअघि नै बताएका थिए।
'धर्मगुरु' को आवरणमा आफ्नै अनुयायीलाई बलात्कार गरेको कर्तुत सार्वजनिक भएसँगै आश्रमको सम्पत्ति सरकारीकरण गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ।

चतरास्थित ‘सिद्धबाबा’को आश्रमलाई २०० बेडको कोरोना अस्पताल बनाउने निर्णय: Dekhapadhi
चतरास्थित ‘सिद्धबाबा’को आश्रमलाई २०० बेडको कोरोना अस्पताल बनाउने निर्णय

काठमाडौं। प्रदेश सरकारले ‘सिद्धबाबा’भनिने कृष्णदास गिरी संरक्षक रहेको सुनसरीको वराहक्षेत्र नगरपालिका-२ रामानन्दचार्य सेवा पीठ आश्रमलाई कोभिड-१९ अस्पताल बनाउने भएको छ।

एक महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा कृष्णदास हाल पुर्पक्षमा थुनामा छन्।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा दुई दिनअघि बसेको प्रदेशस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले आश्रममा २०० बेडको कोरोना उपचार केन्द्र बनाउने निर्णय गरेको छ।

प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उक्त आश्रमलाई कोभिड-१९ अस्थायी अस्पताल बनाउने गरी समितिले उपचार तथा रोकथामको कार्ययोजना स्वीकृत गरेको हो।

८५० बेड थप्ने गरी प्रदेश १ सरकारले तयार गरेको कार्ययोजनामा योबाहेक कोशी कोभिड अस्पतालमा १००, झापामा २००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २००, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३००, र सैनिक अस्पताल इटहरीमा ५० बेड निर्माण गरिने भएको छ।

१० बिगाहाभन्दा बढी सरकारी जग्गा अतिक्रम गरेर दुई वर्षअघि बनाइएको आश्रममा आठ करोड रूपैयाँभन्दा बढी खर्च गरिएको थियो।

चन्दा उठाएर बनाइएको यहाँका कोठाहरू पुर्खाको स्मृतिमा दाताहरूले दिएको सहयोगमा बनेका छन्।

तीनवटा सुविधासम्पन्‍न यस पक्की भवनमा १२८ कोठा छ। आश्रममा रहेका भौतिक संरचना अहिले प्रयोगविहीन छ।

झण्डै एक हजारजनाले योग गर्न सक्न‍े सभा हल र अन्य कोठाहरू खाली छन्।

कोरोना भाइरस संक्रमणको जोखिम बढेदेखि नै स्थानीयवासीले यसअघि नै आश्रमलाई क्वारेन्टाइन बनाउन सुझाव दिएका थिए।

बिजुली, पानीलगायतको सुविधा भएकाले राज्यको पैसा पनि बच्‍ने भन्दै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आश्रमलाई प्रयोग गर्न सकिने यसअघि नै बताएका थिए।