काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका अधिकृतहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गर्दै खनालले यस्तो निर्देशन दिएका हुन्।
नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरेँ भनेर सोचेर काम गर्नुपर्ने बताए।
सामूहिक भावनाले कार्य गर्न निर्देशन दिँदै खनालले आफूलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मुलुक र जनताको हितमा हरसमय कार्य गर्न भनेका छन्।
सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरू थप जिम्मेवार हुनुपर्ने बताउँदै उनले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मुलुक र जनतालाई फाइदा पुग्ने बताए।
राष्ट्र, राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारी ईमान्दार र कर्तव्यनिष्ठ भई देश र नागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा खटिन समेत निर्देशन दिए।
सरकारबाट प्राप्त निर्देशन अनुसार २२१ वटा बोर्डर आउट पोष्ट एक वर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरूप हालसम्म १२४ ठाउँमा स्थापना भइसकेको र यसबीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी दिए।
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू सहभागी थिए।
" /> काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका अधिकृतहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गर्दै खनालले यस्तो निर्देशन दिएका हुन्।

">