काठमाडौं। भलिबल खेलाडी सिपोरा गुरूङसँगै जोडिएर आउने अर्को शब्द हो, सुन्दरता। त्यसैले त उनले भलिबल कोर्टको छोडेको लामो समय हुँदा पनि उनको चर्चा सेलाएको छैन।
नायिकासमेत रहेकी सिपोराको ग्ल्यामरले पनि उनलाई बेला बेला चर्चामा ल्याइरहन्छ। पछिल्लो समय उनले सामाजिक सञ्जालमा राखेका तस्वीरले उनलाई फेरि एकपटक चर्चामा ल्याएको छ।
उनले समुन्द्रको किनारमा उभिएको तस्वीर पोष्ट गर्दै लेखेकी छिन्, ‘‘गर्मी बढ्दो छ। एट्लान्टिक महासागरमा हामफाल्न मन छ। हेल्लो समर !’’
२००६ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न दशौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा सिपोरा गुरूङले १२ वर्षको उमेरमै राष्ट्रिय टीमबाट डेब्यू गरेकी थिइन्। सानो उमेरमै राष्ट्रिय टीममा डेब्यू गरेपछि उनको चर्चा चुलियो।
उक्त सागमा नेपालले भलिबलमा काश्य पदक जित्यो। सानो उमेरमा राष्ट्रिय टीममा स्थान बनाएपछि सिपोराको भलिबल करिअरले उचाइ लिँदै थियो। तर, चोटका उनको भलिबल करिअरले लामो यात्रा तय गर्न सकेन।
२०६८ पुसमा पोखरामा सम्पन्न भलिबल प्रतियोगितामा उनको घुँडामा चोट लाग्यो। जसका कारण उनी लामो समय कोर्टबाट बाहिर नै रहिन्। चोटका कारण कोर्ट बाहिर रहँदा ११ कक्षा पढ्दा पढ्दै सिपोराले ‘घलेक द साइन अफ लभ’ फिल्म खेलिन्। त्यसपछि उनी भुइँमान्छे फिल्ममा प्रमुख भूमिकामा देखिइन्।
त्यसैबीच उनले मिस नेपालमा सहभागिता जनाइन्। जसले उनलाई थप चर्चा दियो। मिस नेपालमा उनी शीर्ष पाँचभित्र पर्नुका साथै मोस्ट ट्यालेन्टको उपाधि जितिन्। त्यसपछि उनी पढाइका लागि अमेरिका गइन्, स्पोर्ट्स साइन्स अध्ययन गर्न।
हाल अमेरिका रहेकी सिपोरा १३औं साग खेल्ने आशामा नेपाल आएकी थिइन्। तर, राष्ट्रिय टीममा पुनरागमन गर्ने उनको लक्ष्य पूरा सकेन।
तथापि, उनले पोखराको लामाचौरमा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यूडायमण्डबाट खेलिन्। अहिले उनी अमेरिका फर्किसकेकी छिन्।
अहिले अमेरिकामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा छ। महामारीका कारण ज्यान गुमाउनेको संख्या एक लाख पुग्न लागेको छ।
लकडाउनका कारण फुर्सदमा रहेकी सिपोरा अहिले सामाजिक सञ्जालमा सक्रिय छन्। नेपालको राजनीतिक विषय होस् या सीमाको विषय उनको टिप्पणी आइरहन्छ। यसैबीच उनले गर्मीले सताएको भन्दै ग्लामर तस्वीर समाजिक सञ्जालमा राखेकी हुन्।
हेराैं उनका केही तस्वीर:

" /> काठमाडौं। भलिबल खेलाडी सिपोरा गुरूङसँगै जोडिएर आउने अर्को शब्द हो, सुन्दरता। त्यसैले त उनले भलिबल कोर्टको छोडेको लामो समय हुँदा पनि उनको चर्चा सेलाएको छैन।

">