काठमाडौं। भारतीय शहरबाट नेपालीहरू सीमानाकासम्म आउने क्रम तीव्ररूपले बढेसँगै देशैभर बनाइएका क्वारेन्टाइन बेड संख्या पनि भरिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार दैनिकरूपले देशैभर क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या बढ्दै गएको देखिएकाे छ।
मन्त्रालयले हिजो अद्यावधिक गरेको विवरणअनुसार देशैभरका क्वारेन्टाइनमा ३२ हजार ५८७ मानिस थिए।
आज सार्वजनिक गरिएको विवरण अनुसार उक्त संख्या बढेर ३९ हजार ७०४ पुगेको छ। अर्थात् एकैदिनमा सातहजार ११७ जना मानिस क्वारेन्टाइनमा थपिएका छन्।
अहिले दैनिकरूपमा भारतीय शहर हुँदै सीमानाकासम्म आउने क्रम बढिरहेको छ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा एक हजार ४५०, प्रदेश २ मा आठ हजार २३८, बागमती प्रदेशमा ५६२, गण्डकी प्रदेशमा ८८२, प्रदेश ५ मा १९ हजार ५२५, कर्णाली प्रदेशमा तीन हजार चार र सुदूरपश्चिम प्रदेशमा ६ हजार १४३ जना क्वारेन्टाइनमा छन्।
क्वारेन्टाइनमा बस्नेकाे संख्या बढी भएकाे प्रदेश ५ मा संक्रमित पनि सबभन्दा धेरै छन्। त्यहाँ हालसम्म २८१ संक्रमित पुष्टि भइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर क्वारेन्टाइन बेडहरूको संख्या ७७ हजार ७२६ छ। यो तथ्यांक र आजसम्म क्वारेन्टाइनमा रहेका मानिसहरूको संख्या हेर्ने हो भने देशैभरका क्वारेन्टाइन बेडहरू आधा भरिएको अवस्था छ।
मन्त्रालयले आजसम्म एकलाख ३८ हजार ८४१ नमूना परीक्षण गरेको छ। तीमध्ये पीसीआर विधिबाट ४८ हजार ८१५ र आरडीटी किट विधिबाट ९० हजार २६ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै दुई हजार ८५६ पीसीआर विधिबाट र तीन हजार ७९१ नमूना परीक्षण भएका छन्।
मोबाइल एप र वेबपेजमार्फत् आजसम्म आफ्नो स्वास्थ्यका बारेमा ४८ हजार ५१९ जनाले स्वमूल्यांकन फारम भरेका छन्। उनीहरूमध्ये ४४७ जनालाई रेडजोनमा राखिएको छ। रेडजोनमा रहेका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ।
" /> काठमाडौं। भारतीय शहरबाट नेपालीहरू सीमानाकासम्म आउने क्रम तीव्ररूपले बढेसँगै देशैभर बनाइएका क्वारेन्टाइन बेड संख्या पनि भरिन थालेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार दैनिकरूपले देशैभर क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या बढ्दै गएको देखिएकाे छ।

">