काठमाडौं। नुवाकोट जिल्लामा पनि पहिलो संक्रमित पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार नुवाकोटमा पहिलो संक्रमित भेटिएसँगै नेपालका सातवटै प्रदेशका ४२ जिल्लामा संक्रमित भेटिएका छन्।
हालसम्म प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ का आठवटै जिल्लामा १७९ जना, बागमती प्रदेशका ११ जिल्लामा ३४ जना, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश ५ का ७ जिल्लामा २८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना संक्रमित देखिएका छन्।
बागती प्रदेशको सिन्धुपाल्चोक र प्रदेश ५ को बाँके र पाल्पामा एक/एक गरेर तीनजनाको मृत्यु भइसकेको छ।
हालसम्म संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हाल ५१३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।
" /> काठमाडौं। नुवाकोट जिल्लामा पनि पहिलो संक्रमित पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

">