चितवन। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट राप्ती नदीमा छाडिएको एउटा घडियाल गोही भारतको कलकत्ता नजिकै हुग्दी नदीको चाकाडा भन्ने ठाउँमा फेला परेको छ।

निकुञ्जको गोही प्रजनन केन्द्रको जिम्मेवारी सम्हाल्दै आएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गत ४ चैतमा राप्तीमा छाडिएको सो गोही एक हजार ६२ किलोमिटर टाढा सो नदीमा पुगेको हो। यही ४ जेठमा माछा मार्ने क्रममा जालमा गोही फेला परेको उनले जानकारी दिए।

सो गोही राप्ती नदीबाट नारायणी नदी, गण्डक हुँदै कोशी पार गरेर हुग्दी पुगेको उनको भनाइ छ। गोही छोड्दा राखिएको नम्बरका आधारमा यहीँको गोही भएको पहिचान गरिएको हो।

उनका अनुसार २०७१  जेठमा फुलबाट कोरलिएको सो गोही नदीमा छोड्दा ६८७ नम्बर राखिएको थियो। २ दशमलव ६ मिटर लामो सो गोही २६ किलोको थियो।

पुच्छर काटेर नम्बर लगाएकाले गोहीको पहिचान गर्न सजिलो भएको खड्का बताउँछन्। एउटा पहिचान भएको तस्वीर र त्यहाँका स्थानीय सञ्चारमाध्यमको समाचारसमेत प्राप्त भएको र अरू १० गोही सोही क्षेत्रमा रहेको हल्ला चलेको भए पनि आधिकारिक जानकारी आइनसकेको उनले बताए।

विश्वमा नै संकटापन्न अवस्थामा रहेको घडियाल गोही गंगा र आसपासका नदीमा मात्र पाइने गर्छ। नेपालमा हरेक वर्ष नदीमा गोहीको फुल संकलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छाड्ने गरिएको छ।

यद्यपि गोही गण्डक ब्यारेज कटेर भारततर्फ जाने क्रम बढेकाे छ। उनी भन्छन्, “प्रकृति र वन्यजन्तुलाई देश मतलव हुँदैन सबै एकैनास हुने गर्छ।”

यहाँ प्रजननका लागि फागुनपछि माछा नेपालतर्फ भारतबाट आउने गर्छन्। नेपालका नदी र खोल्सामा प्रजननपछि भदौतिर फेरि भारतीय नदीतर्फ फर्कने गरेको उनको भनाइ छ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीमा छाड्ने गरिएको छ। नदीमा छाडिएकामध्ये राप्तिमा मात्र हालसम्म ८३५ गोही छाडिएको उनले जानकारी दिए।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० वटा गोही छोडिसकिएको छ। पछिल्ला वर्षहरूमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ।

नदीमा गोही छोड्दै गए पनि संख्या बढ्दै जान भने सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन्।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो। नदी प्रदूषण बन्दै जाँदा संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिएको छ। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट राप्ती नदीमा छाडिएको एउटा घडियाल गोही भारतको कलकत्ता नजिकै हुग्दी नदीको चाकाडा भन्ने ठाउँमा फेला परेको छ।

"> चितवनकाे राप्तीमा छाडिएको गोही भारतकाे कलकत्तामा भेटियाे: Dekhapadhi
चितवनकाे राप्तीमा छाडिएको गोही भारतकाे कलकत्तामा भेटियाे

प्रतिक्रिया दिनुहोस्