कैलाली। सुदूरपश्चिम प्रदेशमा एकजना कोरोना संक्रमित थपिएका छन्।
सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत अछामको मेल्लेख गाउँपालिका-४ का ३२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
उनी ८ जेठमा भारतबाट गौरिफन्टा नाका भएर नेपाल प्रवेश गरेका थिए। सीमामै गरिएको र्यापिड टेष्टमा पोजिटिभ देखिएपछि उनलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
सुदूरपश्चिममा ८ र ९ जेठमा ९ जनामा कोरोना पुष्टि भएकोमा आज थप एक जनामा कोरोना संक्रमित पुष्टि भएको हो।
यसाघि कोरोना संक्रमित पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिका-१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुष रहेका छन्।
९ जेठमा मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका-१० का २८ वर्षीय युवक र जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइहेको छ।
सुदूरपश्चिममा योसँगै संक्रमितको संख्या १५ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक दुबईबाट आएका पुरूषमा गएको १४ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो।
धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि २२ चैतमा थप तीन जनामा कोरोना पुष्टि भएको थियो।
कोरोना पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका-५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष थिए।
त्यस्तै १ वैशाखमा लम्कीचुहा नगरपालिका-१ की ५२ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो।
उनीहरू सबै कोरोनामुक्त भइसकेका छन्। पहिलो संक्रमित ९ वैशाख, दोश्रो २६ वैशाख, तेश्रो ७ वैशाख, चौंथो १० वैशाख र पाँचौं ११ वैशाखमा काेरोनामुक्त भएर घर फर्किएका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा एकजना कोरोना संक्रमित थपिएका छन्।सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत अछामको मेल्लेख गाउँपालिका-४ का ३२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

">