कैलाली। कैलालीको गौरीफन्टा नाका भएर भारतका विभिन्न शहरमा मजदुरी गर्न गएकाहरू आज पनि फर्कने क्रम जारी छ।
जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा भारतका विभिन्न शहरबाट गौरीफन्टा नाकासम्म पुगेकाहरूको उद्धार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बिहानदेखि नेपालीहरूको उद्धार चलिरहेको छ।
उनका अनुसार आज अहिले सम्म एक हजार ८९९ जना नेपाल प्रवेश गरिसकेका छ्न । यसरी सीमाबाट उद्धार गरिएकाहरूको कोरोना भाइरस भने परीक्षण हुन सकेको छैन।
परीक्षण गर्ने कीट नहुँदा उनीहरूलाई परीक्षण नगररेरै भित्र्याउनु परिरहेको सूचना अधिकारी जोशीले बताए।
गएको पाँच दिनमा गौरीफन्टा नाकाबाट ८ हजार बढी नेपालीहरूको उद्धार गरिएको थियो। २ र ३ जेठमा ९५०, ७ जेठमा ८५८, ८ जेठमा दुई हजार ४९८, ९ जेठमा दुई हजार १४ र १० जेठमा एक हजार ९५९ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

उद्धार गरिएकाहरू पूर्वको झापादेखि पश्चिमको दार्चुलासम्मका रहेका छन्। उद्धार गरिएका अधिकांशलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ। बाँकी रहेकालाई क्वारेन्टाइनमा राख्ने गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए।
उनले सीमानाकामा पुगेका र क्वारेन्टाइनमा बसेकाहरूलाई विभिन्न स्थानीय तह र सामाजिक संस्थाको सहयोगमा उद्धार गरि सम्बन्धित पालिकामा पठाउने कार्य भइरहेको बताए।
यसरी हजारौंको संख्यामा भित्रिएकाहरूको कोरोना जाँच नगरी पठाउँदा जोखिम पनि ह्वात्तै बढेको छ। पछिल्लोपटक बैतडीका कोरोना पोजिटिभ देखिएका चारजनामा ८ जेठमा २ हजार ४९८ जनाको भिडमा नेपाल प्रवेश गरेका थिए।
यता सीमानाकामा भोकभोकै पुगेकाहरूलाई स्थानीय संघसंस्था र व्यक्तिहरूले नि:शुल्क खाना खुवाइरहेका छन्।
विगत पाँच दिनदेखि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, व्यवसायी मानसिंह साउद, श्याम तायल लगायतले व्यक्तिगत रूपमा खाना खुवाउने कार्य गर्दै आएका छन्।
त्यस्तै, रोयल कोलाबोरेटिभ्स प्रालि, निर्माण व्यवसायी संघ लगायतका संघसंस्थाहरूले समेत सीमामा पुगेका र क्वारेन्टाइनमा बसेकाहरूलाई नि:शुल्क खानाको व्यवस्था गरिरहेका छन्।
" /> कैलाली। कैलालीको गौरीफन्टा नाका भएर भारतका विभिन्न शहरमा मजदुरी गर्न गएकाहरू आज पनि फर्कने क्रम जारी छ।जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा भारतका विभिन्न शहरबाट गौरीफन्टा नाकासम्म पुगेकाहरूको उद्धार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बिहानदेखि नेपालीहरूको उद्धार चलिरहेको छ।

">