डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालले ओपीडी र अन्य नियमित सेवा बन्द गरेको छ।
परशुराम नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको आदेश अनुसार अस्पतालले ओपीडी र अन्य सेवा बन्द गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जितेन्द्र चौधरीले बताए।
भिडभाड कम गर्न तथा सामाजिक दूरी कायम गर्न भन्दै अस्पतालले आकस्मिक र सुत्केरी सेवा बाहेक अन्य सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको डा. चौधरीले बताए।
क्षयरोग तथा एचआईभी संक्रमितका बिरामीले खाने औषधि वितरण भने नियमित रूपमा सञ्चालन गरिने अस्पतालले जनाएको छ।
परशुराम नगरपालिका-१० मा एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। कोरोना संक्रमितको घरका सदस्य तथा उनको सम्पर्कमा आएका १५ जनाको स्वाब संकलन गरिएको छ।
ती सबै स्वाबको पीसीआर परीक्षण धनगढीमा भइरहेको अस्पतालले जनाएको छ।
" /> डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालले ओपीडी र अन्य नियमित सेवा बन्द गरेको छ।परशुराम नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको आदेश अनुसार अस्पतालले ओपीडी र अन्य सेवा बन्द गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जितेन्द्र चौधरीले बताए।

">