बागलुङका चार स्थानीय तह १० दिनका लागि 'सिल'
बागलुङ। कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह 'सिल' गरिएको छ।

बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका २० जेठसम्मलाई 'सिल' गरिएको हो ।

स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायतको संयुक्त बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए

“एम्बुलेन्स र बिरामी बोकेका बाहेक कुनै सवारीसाधन चल्न नदिने निर्णय भएको छ”, उनले भने “निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।”

बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।

भारतबाट आउनेको संख्या बढ्दै गएको र स्क्रमणको जोखिम बढेकोले लकडाउनलाई कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले जानकारी दिए।

भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तह मिलेर उद्धार गर्ने सहमति पनि गरेका छन्। पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन्।

पछिल्ला दुई दिनमा बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन्। उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ।

झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको अनुमान छ।

त्यस्तै गलकोट नगरपालिकामा पनि हिजो २५ जना भारतबाट आएका छन्। भारतका विभिन्न ठाउँमा अलपत्र परेका व्यक्ति गलकोट फर्कन शुरू गरेको वडा नम्बर ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्