क्वारेन्टाइनमा बसेका आफन्तलाई रक्सी पुर्याउने युवकलाई जरिवाना
<p>चितवन। क्वारेन्‍टाइनमा बसेका आफन्तलाई रक्सी पुर्‍याउनेलाई स्थानीय प्रशासनले पक्राउ गरी पाँच हजार रूपैयाँ जरिवाना गराएको छ ।</p>
<p>राप्ती नगरपालिका- ३ का २५ वर्षीय कुमार थपलियालाई जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले बताए।</p>
<p>सिंखडाका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्‍टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा पक्राउ गरी प्रहरीले जिल्ला प्रशासन कार्यालय चिवनमा बुझाएको थियो।</p>
<p>प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोकेर फेरि यस्तो नगर्न सचेत गराएर छाडेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
