जनकपुर अस्पतालबाट एकजना कोरोना संक्रमित झ्याल फोडेर भागे
काठमाडौं। धनुषाको प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित भागेका छन्।

उनी आज बिहान अस्पतालको झ्याल फोडेर अस्पतालबाट भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेशकुमार बस्नेतले आज बिहानै आइसोलेसन कक्षमा उपचाररत संक्रमित भागेको बताएका छन्।

उनी सर्लाहीका ४५ वर्षीय पुरुष हुन्। प्रहरी प्रमुख बस्नेतले संक्रमित ती व्यक्ति आइसोलेसनमा राखेदेखि नै पटक-पटक भाग्ने प्रयास गरेको जानकारी दिए।

उनको खोजीका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ।

यसअघि पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट दुईजना संक्रमित भागेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर पुनः आइसोलेसनमा राखेको थियो।

प्रतिक्रिया दिनुहोस्