प्रिमियर लिग क्लबका थप दुईजनामा कोरोना संक्रमण

काठमाडौं। इङ्लिस प्रिमियर लिगका क्लबहरूमा गरिएको पछिल्लो चरणका कोभिड-१९ परीक्षणको क्रममा थप दुईजना संक्रमित फेला परेका छन्।

प्रिमियर लिगमा गत साता मंगलबार, बिहीबार शुक्रबार ९९६ जना खेलाडी तथा क्लबका कर्मचारीमा परिक्षण गरिएको थियो। कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएका खेलाडी तथा कर्मचारीहरूलाई ‘सेल्फ आइसोलेसन’ मा राखिएको छ।

१९ मेमा प्रिमियर लिगले पहिलो चारणको परिक्षणमा तीन क्लबका ६ जनामा पोजिटिभ देखिएको जनाएको थियो। ६ जनामध्ये वाटफोर्डका एड्रियन मारिएप्पा र बर्नलीका साहायक प्रशिक्षक इयान वोएन थिए।

क्लबहरूले मंगलबारबाट सामाजिक दुरी कायम राखी प्रशिक्षण शुरू गरेका छन्। कोभिड-१९ का कारण प्रिमियर लिग १३ मार्चबाट स्थगित छ। प्रिमियर लिगमा ९२ खेल बाँकी छ।

प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड मास्टर्सले जुनबाट लिग शुरू हुनेमा आफु विश्वस्त रहेको बताएका छन्। मास्टर्सले जर्मन बुन्डेसलिगा शुरू भएपछि प्रिमियर लिग पनि शुरू गर्न सरकार लचिलो भएको बताएका छन्।

शनिबार स्पेनका प्रधानमन्त्रीले ला लिगा पनि ८ जुनबाट बन्द रंगशालामा पुनः शुरू गर्न 'ग्रिन सिंग्नल दिएका छन्।

प्रतिक्रिया दिनुहोस्