ग्राण्डी अस्पतालका कोरोना संक्रमित कर्मचारी पाटन अस्पतालको आइसोलेसनमा भर्ना
काठमाडौं। टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालका कोरोना संक्रमित बिरामीलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

ग्राण्डीमा कार्यरत ३५ वर्षीय कर्मचारीको कोभिड-१९ रिपोर्ट पोजिटिभ पुष्टि भएपछि उनलाई पाटन अस्पताल लगिएको हो।

ग्राण्डी इन्टरनेशनल अस्पताल पनि आफ्ना कर्मचारीलाई पाटनमा भर्ना गरिएको र उनको सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुको 'ट्रेसिङ' गरेर आइसोलेसनमा राखिएको जनाएको छ।

उनीहरूको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले देखापढीलाई बताए।

सरकारको निर्देशिका अनुसार अस्पतालले आवश्यक सुरक्षा सतर्कता अपनाएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्