कैलाली। जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एकजनामा कोरोना संक्रमण पाइएपछि युवकको सम्पर्कमा आएकाहरूको कोभिड-१९ परीक्षण थालिएको छ।
त्यसका लागि ३२ प्रहरी सहित ४६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले संक्रमित युवकको सम्पर्कमा आएका ३२ जना प्रहरी, जिल्ला अदालत र सरकारी वकिलको कार्यालयका कर्मचारीसमेत गरी ४६ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गर्न लागिएको जानकारी दिए।
उनका अनुसार ती नमूना धनगढीस्थित प्रयोगशाला पठाईएको छ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका शिवनाथ गाउँपालिका २२ वर्षीय युवकमा ९ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो।
" /> कैलाली। जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एकजनामा कोरोना संक्रमण पाइएपछि युवकको सम्पर्कमा आएकाहरूको कोभिड-१९ परीक्षण थालिएको छ।त्यसका लागि ३२ प्रहरी सहित ४६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।

">