टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाईते

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा एक महिला घाईते भएकी छिन्।

बा. ८५ प ५६६ र बा.९१ प ११८८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए।

मृत्यु हुनेमा मनोज दुलाल र पासाङ तामाङ रहेका छन्। मृतक दुवै मोटरसाइकल चालक भएको लम्सालले बताए। उनीहरू टोखा नगरपालिकाकै वासिन्दा हुन्।

प्रहरीका अनुसार मृतक दुलालकी आमा मथुरा दुलाल घाइते भएको र उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी वृत्त महाराजगञ्जले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्