प्रहरी वृत्त स्वयम्भूका असईको गोली लागेर मृत्यु
काठमाडौं। महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत् एक प्रहरी सहायक निरीक्षक (असई) को गोली लागेर मृत्यु भएको छ।

जुनियर अधिकृत ब्यारेकमा असई विष्णुबहादुर कार्की गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले असई गोली लागेर मृत अवस्थामा भेटिएको पुष्टि गरे।

“ड्युटीमा भएकै बेला गोली लागेर मृत भएको अवस्थामा भेटिएको हो”, उनले भने, “घटना के कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ।”

मृतकको साथमा हतियारसमेत भेटिएको छ। त्यसतर्फ एक टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस्